उपराष्ट्रपति निर्वाचनः प्रमिला कुमारी यादवले फिर्ता लिइन् उम्मेदवारी
वि.सं.२०७९ फागुन २९ सोमवार १२:४४
1.56K
shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)बाट उपराष्ट्रपति पदकी उम्मेदवार प्रमिला कुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छन्।यादवले आज एक विज्ञप्ति जारी गर्दै आफूले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकीछन्।
‘प्रतिनिधिसभा सदस्य रामसहाय प्रसाद यादव नेपालको निरंकुश शासन प्रणालीकाविरुद्ध लोकतन्त्र स्थापनाका लागि त्याग र संघर्ष गर्नुभएको अग्रज नेता हुनुहुन्छ। उहाँ पराष्ट्रपति जस्तो गरिमामय पदका लागि सबैभन्दा उपयुक्त, योग्य र सक्षम उम्मेदवार हुनुहुन्छ’, विज्ञप्तिमा उनले भनेकी छन्, ‘प्राविधिक रुपमा मेरो नाम उम्मेदवारको सूची रहन गएको भए ता पनि प्रतिवद्धताका साथ म उहाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु।’
वि.सं.२०७९ फागुन २९ सोमवार १२:४४

















