skip this

आईसीसी क्रिकेट विश्वकप लिग टुः पीएनजीमाथि नेपालको सानदार जित

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनीमाथि नेपालले सानदार जित हासिल गरेको छ । आफ्नो ३५औं खेलमा पीएनजीलाई ९ विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ३२ ओभरमा सबै विकेट गुमाएर ९४ रन बनाएको थियो । नेपालले १ विकेट गुमाएर ७.४ ओभरमा लक्ष्य भेट्टायो ।

एनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पुरा गरेको थियो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले ३३ रन बनाएर आउट भए । अर्का ओपनर आसिफ शेखले ५३ रन बनाएका थिए । त्यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा अलआउट हुदै ९५ रन बनाएको थियो ।
उक्त जितसँगै नेपालले ३५ खेलबाट ३८ अंक जोड्दै चौथो स्थानमा रहेको छ । नेपालले अब लिग २ अन्तर्गत आफ्नो अन्तिम खेलमा यूएईसँग बिहिबार खेल्नेछ ।

nijgadh-supermart-adz1200-630