skip this

बालबालिका तथा युवाहरूलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो छ –सभामु घिमिरे

684 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बालबालिका तथा युवाहरूलाई व्यवसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको सभामुख देवराज घिमिरेले बताएका छन्।छैटौं एशिया प्रशान्त क्षेत्रीय म्यासेन्जर अफ पसि कार्यक्रमको उद्‌घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। सभामुख घिमिरेले संसारभर नै बालबालिका तथा युवाहरूलाई व्यावसायिक तथा नैतिक शिक्षाको खाँचो रहेको र यो खाँचोलाई स्काउटले पूर्ति गर्नसक्ने बताएका हुन।

उनले सीमित मुलुकका राज्यले मात्रै स्काउटको क्षेत्रमा लगानी गरिरहेको भन्दै सबै मुलुकहरूले स्काउट क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए। सभामुख घिमिरेले सुन्दर भविष्यको परिकल्पना गर्ने हो भने स्काउटको अभियानलाई सबैले सार्थक बनाउनुपर्ने बताएका छन्।

nijgadh-supermart-adz1200-630