skip this

मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुटनुपर्छ–विष्णु पौडेल

750 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मुलुकको आर्थिक अवस्था समाधान गर्न सबै एक ठाउँमा जुटनुपर्ने बेला आएको नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्।राजश्वले चालू खर्च समेत धान्न र राजश्व लक्ष्यसमेत पूरा नहुने अवस्थामा रहेको उनको भनाइ थियो। उनले मुलुकको चिन्ताजनक अवस्था पार लगाउन राजनीतिक दल र निजी क्षेत्र फेरि एकजुट हुनुपर्ने अवस्था आएको बताएका छन् ।मुलुकमा २०२८ सालमा पनि अहिलेको जस्तै अवस्था देखिएको उनको भनाइ थियो। फेरि २०७९ मा ५० वर्ष आधा शताब्दीपछि पनि आर्थिक संकटपूर्ण अवस्था आएको उनको भनाई छ ।

आज पश्चिम नेपाल बस व्यवसायी प्रालिको बुटवलमा साधारणसभाको उद्घाटन गर्दै पौडेलले भने, ‘पछिल्लो पटक छोटो कार्यकालको अर्थमन्त्री भएर मुलुकको आर्थिक अवस्था नजिकबाट बुझ्न पाएँ’, नेता पौडेलले भने, ‘आन्तरिक राजश्वले चालू खर्च धान्ने अवस्थामा छैन । विदेशी मुद्रा सञ्चित पनि राम्रो छैन । राजश्वको लक्ष्य पूरा हुने अवस्था नहुँदा देश चिन्ताजनक अवस्थामा छ ।

nijgadh-supermart-adz1200-630