skip this

काभ्रेको बल्थलीमा ९० वर्षीया वृद्धाको हत्या

1.2K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काभ्रे । काभ्रेको पनौती नगरपालिका ११ बल्थलीमा ९० वर्षकी वृद्धा कान्छी थापाको हत्या भएको छ ।

उनको धारिलो हतियार प्रहारबाट हत्या भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख रेशम बोहराले जानकारी दिए ।

बोहराका अनुसार हत्या आरोपमा उनका ५२ वर्षका छोरा विश्व थापा पक्राउ परेका छन् ।

विश्वमा मानसिक समस्या रहेको बुझिन आएको र घटनाबारे थप अनुसन्धान भइरहेको बोहराले बताए ।

nijgadh-supermart-adz1200-630