नेता पुनकी आमालाई गोली प्रहार गर्ने व्यक्ति प्रहरीका सहायक हवलदार
वि.सं.२०८० वैशाख २ शनिवार ०९:४४
816
shares

काठमाडौं। नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनकी आमालाई गोली प्रहार गर्ने प्रहरीका सहायक हवलदारलाई प्रहरी प्रधान कार्यालयमा लगिएको छ ।शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।उनको खुट्टामा गोली लागेको छ ।
आरोपीलाई पक्राउ गरेर प्रहरी प्रधान कार्यालयमा लगिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । नातामा तिर्थमाली उनको हजुरआमा हुन् ।प्रधान न्यायाधीशको सुरक्षा टिममा कार्यरत प्रकाशले गए राति १० बजेतिर निवासमा गएर गोली प्रहार गरेका हुन् ।
वि.सं.२०८० वैशाख २ शनिवार ०९:४४

















