skip this farak Kura Pravakar

व्यवस्था बदलियाे तर दलितको अवस्था फेरिएन : सांसद रुपा विक

2.51K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं- नेपाली कांग्रेसकी सांसद रुपा विकले राजनीतिक व्यवस्था परिवर्तन भएपनि दलित समुदायको अवस्था नफेरिएकाे टिप्पणी गरेकी छिन् ।

प्रतिनिधि सभाकाे मंगलबारकाे बैठकमा सांसद विकले राजनीतिक व्यवस्था परिवर्तनका लागि दलित समुदायले सहादत दिएर बनाएको संविधान कार्यान्वयनकाे अवस्था कमजोर देखिएकाे गुनासो गरिन् ।

`अहिले पनि समाजमा दलितमाथि विभेद भईरहेकाे छ,´ सांसद विकले भनिन्- यसले दलित समुदाय आक्राेशित छ । मुख्यमन्त्री कार्यालयमा धर्ना दिने अवस्था आएको छ ।

सांसद विकले सरकारले गम्भीर भएर संविधानकाे कार्यान्वयनमार्फत विभेद अन्त्यतर्फ लाग्न ध्यानाकर्षण गराईन् । विभेद कायम रहे देश पुन: द्वन्द्वमा फस्ने र रक्तपातकाे अवस्था आउनेतर्फ गम्भीर हुन सरकारलाई आग्रह गरिन् ।

nijgadh-supermart-adz1200-630