skip this

राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

उनको उपचारमा संलग्न सम्बन्धित चिकित्सकले बिहीबार सो जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ । उनी उपचारका लागि बुधबार नयाँ दिल्ली गएका थिए ।

nijgadh-supermart-adz1200-630