प्रधानमन्त्री दाहालले बोलाए मन्त्रीपरिषद बैठक
वि.सं.२०८० जेठ २ मंगलवार १४:१८
1.3K
shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे मन्त्रीपरिषद बैठक बोलाएका हुन । सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा जेठ ५ गते ल्याउन लागेको सरकारका नीति तथा कार्यक्रमका बारेमा पनि छलफल हुने बताईएको छ ।
सो अघि प्रधानमन्त्री प्रचण्डले १० दलीय गठबन्धनको बैठक डाकेका छन् । सरकारका नीति तथा कार्यक्रमका बारेमा राय लिनका लागि गठबन्धनका बैठक बोलाएका हुन ।
वि.सं.२०८० जेठ २ मंगलवार १४:१८

















