skip this

गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्ने

1.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

वाशिंगटन । गुगलले आफ्नो ग्लोबल फिन्टेक अपरेशन सेन्टर भारतको गुजरातमा खोल्ने भएको छ । गुगल कम्पनीका सीईओ सुन्दर पिचाईले शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा सो घोषणा गरेका हुन । उनले मोदी सरकारको प्रमुख अभियान ‘डिजिटल इन्डिया’ का लागि प्रधानमन्त्री मोदीको दृष्टिकोणको समेत प्रशंसा गरेका छन् ।

समाचार एजेन्सी एएनआईले सुन्दर पिचाईलाई उद्धृत गर्दै भन्यो, प्रधानमन्त्री मोदीको अमेरिकाको ऐतिहासिक भ्रमणको क्रममा भेट्न पाउनु सम्मानको कुरा थियो। हामीले भारतको डिजिटाइजेसन कोषमा गुगलले १० अर्ब डलर लगानी गरिरहेको कुरा मोदीसँग साझा गर्यौं र गुगलले ग्लोबल फिन्टेक अपरेशन सेन्टर गुजरातमा खोल्दछौं भन्ने जानकारी पनि दियौं ।’

गुगलका सीईओले भने, ‘डिजिटल इन्डियाका लागि प्रधानमन्त्रीको भिजन समयभन्दा अगाडि थियो र अब म यसलाई अन्य देशहरूले के गर्न खोजिरहेका छन् भन्ने खाकाको रूपमा हेर्छु।’भारतीय मुलका गुगलका सिईयो राष्ट्रपति वाइडेनले दिएको पार्टीमा सहभागी हुने क्रममा सो जानकारी दिएका हुन ।

nijgadh-supermart-adz1200-630