skip this

धनकुटामा बुहारीको कुटपिटबाट सासुको मृत्यु

1.08K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बुहारीको कुटपिटबाट सासुको मृत्यु भएको छ । धनकुटाको साँगुरीगढी ४ फाक्सिबमा आफ्नै सासुलाई कुटपिट गरी हत्या गरे पछि बुहारी पक्राउ परेकी छिन् । जिल्ला प्रहरी कार्यालय, धनकुटाका अनुसार यसरी पक्राउ पर्नेमा ३२ वर्षीया विष्णुमाया लिम्बु रहेकी छिन ।

प्रहरीका अनुसार गत आइतबार ६३ वर्षीया सासू सुकमाया लिम्बुलाई कुटपिट गरेको र उपचारको क्रममा उनको निधन भए पछि उनलाइ पक्राउ गरिएको हो । घरायसी बिबादमा बुहारीले सासुलाइ कुटपिट गरेको र मृतक सासुको घाँटीमा नीलडाम देखिएको अनुसन्धानमा खुलेको छ ।

मृतकका भाई गजेन्द्रले विष्णुमायाविरुद्ध प्रहरीमा किटान जाहेरी दिए पछि बुहारी बिष्णुमायालाई पक्राउ गरिएको प्रहरी निरीक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिए । पक्राउ परेकी बुहारीलाई जिल्ला अदालतवाट ५ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरिएको छ ।

nijgadh-supermart-adz1200-630