skip this

आज राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विद्येयकमाथि मन्त्रालयगत रुपमा छलफल हुँने

1.02K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज दिउँसो १ बजे राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ वानेश्वरमा सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसुचीमा उल्लेख छ ।

यसैगरी, बैठकमा विनियोजन विद्येयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमाथि छुटाईएको बजेटमाथि छलफल हुनेछ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले विद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथी छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विद्येयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख रहेको छ ।

nijgadh-supermart-adz1200-630