उपेन्द्र यादव विरुद्ध उपनिर्वाचनमा लड्ने कुश्वाहा कारबाहीमा, पार्टीबाट निष्काषित
वि.सं.२०८० साउन ४ बिहीवार १०:२५
816
shares

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवविरुद्द उपनिर्वाचनमा लडेका शिवचन्द्र कुशबाह कारबाहीमा परेका छन् ।उपनिर्वाचनको संघारमा नेकपा माओवादी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेर उम्मेदबार भएका कुश्वाहा अनुशाषनको कारबाहीमा परेका हुन । उनी बारा–२ मा जनमतवाट उम्मेदवार थिए ।
जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशाषन बिभाग प्रमुख दिपककुमार शाहले जारी गरेको प्रेस बिज्ञप्ति अनुसार कुश्वाहालाई पार्टी बिरोधी गतिबिधि तथा नेतृत्वको बिरोधमा बिभिन्न क्रियाकलापमा संलग्न भएको भन्दै साधरण सदस्यसमेत नरहने गरी कारबाही गरिएको हो ।
यसैगरी, सप्तरीका गुलाब मण्डल र शंकर खडका, रुपन्देहीको भोपेन्द्र यादव, कपिलवस्तुको भगवान दास यादवलाई भने १ बर्षका लागि निलम्बनमा राखिएको छ।
वि.सं.२०८० साउन ४ बिहीवार १०:२५

















