skip this

लम्पी स्किन नियन्त्रणमा सरकार चुक्यो, रोगको निदानमा गम्भीर नबन्नु चिन्ताको विषय : नेता महर

705 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । पशु चौपायामा लागेको लम्पी स्किन रोगलाई रोक्न हदसम्म प्रयास गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताएका छन्। चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महरले लम्पी स्किन रोगबाट मर्ने पशुको संख्या ५० हजार नाघिसकेको अवस्थामा सरकार गम्भीर नबन्नु चिन्ताको विषय भएको बताएका हुँन्।

ुसाउन १२ सम्म मुलुकभर ५० हजार ८ सय २६ पशु मरेको पशुसेवा विभागको तथ्यांक छ। ०७९ चैतमा कोशीबाट फैलिएको लम्पी स्किन रोगबाट साउन १२ सम्म १० लाख ८८ हजार ७ सय ४९ पशु संक्रमित भएका छन्। तीमध्ये ५० हजारभन्दा बढी पशु मरेका छन्। २ लाख ४८ हजार ३ सय ५ पशु अझैँ सक्रिय संक्रमणमै रहेको विभागको तथ्याङ्‍क छ। अवस्था यति भयावह हुँदा पनि सरकार गम्भीर बनेको छैन, उनले भने।

लम्पी स्किनको बारेमा सरकारले क्याबिनेटमा छलफल गरेरमात्र नहुँने बताउँदै उनले रोकथामका लागि एक्सन लिनुपर्ने बताए। ‘सरकारको तर्फबाट रोग निदानका लागि भरपुर प्रयास हुनुपर्थ्यो। हजारौ किसान मसस्यामा परेका छन्। किसानलाई सरकार भएको अनुभूति दिलाउनुपर्छ, महरले भने।

nijgadh-supermart-adz1200-630