लोकल रक्सि खुवाएर १४ वर्षिया किशोरीलाई डेरामा लगेर जबरजस्ती करणी
वि.सं.२०७८ पुस १२ सोमवार १७:२४
2.48K
shares

काठमाडौं : काठमाण्डौंमा लोकल रक्सि खुवाएर १४ वर्षिया किशोरीलाई डेरामा लगेर जबरजस्ती करणी भएको घटना सार्वजनिक भएको छ ।
काठमाण्डौंको बुढानिलकण्ठ नगरपालिका–२ चपली डेरामा बस्दै आएका रसुवा पाटीखर्क घर भएका २१ वर्षीय लाक्पा ग्यावाले शनिबार राति स्थानीय चौध वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेका हुन् ।
उनले ती किशोरीलाई घरेलु मदिरा सेवन गराई आफ्नै डेरामा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । प्रहरीले लाक्पालाई सोही नगरपालिका–४ पासिकोटबाट पक्राउ गरेको छ ।
आइतबार दिउँसो डेरातर्फ जाँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाबारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७८ पुस १२ सोमवार १७:२४

















