राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा
वि.सं.२०८० असोज ८ सोमवार १२:१२
864
shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जानकी मन्दिरको दर्शन एवं पूजाआजा गरेका छन् ।सोमबार जनकपुरधामस्थित जानकी मन्दिरमा उनले अखण्ड दीप प्रज्ज्वलन गर्नुका साथै सीता माताको माइतीघर दर्शन, अखण्ड कीर्तन दर्शन एवं प्रसाद ग्रहण गरे ।
मन्दिरमा राष्ट्रपति पौडेललाई जानकी मन्दिरमा मूल महन्त रामतपेश्वर दासले स्वागत गरे ।सोमबार दिउँसो राष्ट्रपति पौडेलले जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र सभाहलक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
वि.सं.२०८० असोज ८ सोमवार १२:१२

















