पर्सा राष्ट्रिय निकुञ्ज : अशोक रामको सरुवा, नयाँ प्रमुख आए रामचन्द्र
वन समितिले गरे नयाँ प्रमुखको स्वागत
वि.सं.२०८० असोज १९ शुक्रवार १०:१३

बारा–पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभारका प्रमुख संरक्षण अधिकृत (वार्डेन) डा. अशोक रामको सरुवा भएको छ ।
नेपाल सरकारका उपसचिव राम बर्दिया राष्ट्रिय निकुञ्जको वरिष्ठ संरक्षण अधिकृत (चिफ वार्डेन) को जिम्मेवारीसहित सरुवा भएका हुन् ।
पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय प्रमुखको जिम्मेवारी भने रामचन्द्र खतिवडाले पाएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका बरिष्ठ अनुसन्धान अधिकृत रहेका खतिवडा पर्सा निकुञ्जमा विहीबार हाजिर भएका छन् ।

कोसी टप्पु वन्यजन्तु आरक्षका प्रमुख रहेर काम गरिसकेका खतिवडा विभागबाट मधेश प्रदेशको एक मात्रा राष्ट्रिय निकुञ्जको रुपमा रहेको पर्सामा सरुवा भई आएका हुन् ।

नयाँ प्रमुखको स्वागत
निकुञ्जका नयाँ प्रमुख संरक्षण अधिकृत (वार्डेन) खतिवडालाई कार्यालयमा स्वागत गरिएको छ ।
खतिवडालाई पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका वन समूहका पदाधिकारीहरुले स्वागत गरेका हुन् । स्वागत कार्यक्रम जनहित उपभोक्ता समितिका अध्यक्ष अमृतलाल श्रेष्ठ लगायत सहभागि थिए ।
वि.सं.२०८० असोज १९ शुक्रवार १०:१३

















