skip this

जिउतिया पर्वमा आजबाट उपवास : विभिन्न पालिकाले दिए विदा

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–सन्तानको दीर्घायु, सन्तान प्राप्ति, कुल खानदानभित्र परलोक भएका महिला पूर्वजहरूको सम्झना तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जिउतिया पर्वको आज दोस्रो दिन उपवास गरिदैँ छ।

नेपालको तराई मधेस तथा र भारतको विहार, उत्तर प्रदेशलगायत क्षेत्रकै पवित्र ‘जिउतिया पर्व’ नहाय खाय (नुहाएर खानु) विधि गर्दै विहीबार हिजोदेखि सुरु भएको थियो ।

धार्मिक विधिपूर्वक शुक्रवार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायः जसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जिउतिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

शुक्रवार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवम् निर्जल व्रत बसी शनिवार बिहान साढे १० बजेपछि मात्रै व्रतालुले व्रत सम्पन्न गर्नेछन् ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ । त्यसैले होला यस पर्वलाई खर जिउतिया पनि भनिन्छ । फेरि एक पटक असफल भएकी व्रतालु आजीवन व्रत बस्न पाउँदिनन् ।

पालिकास्तरिय विदा

पर्वको अवसरमा मधेस प्रदेशका विभिन्न पालिकाहरुले विदा दिएको जनाएका छन् ।

बाराको कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका, परवानीपुर गाउँपालिका लगायतले विदा दिएको सूचना निकालेर जानकारी गराएका छन् ।

त्यसैगरि वीरगञ्ज महानगरपालिकाले विद्यालयहरुमा शुक्रबार विदा दिइएको छ । वीरगञ्ज महमनगरपालिका नगरपालिकाको कार्यालयले बिहीबार एक सुचना जारी गरेर जिउतिया पर्वको अवसरमा शुक्रबार महानगरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा विदा दिइएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जारी गरेको सुचनामा भोलि शुक्रबारका दिन वीरगञ्जमा रहेका सबै विद्यालयमा विदा दिने निर्णय गरिएको उल्लेख छ । त्यसैगरि पर्साको पकहाँ मैनपुर गाउँपालिकाले पनि शुक्रबार विदा दिएको छ ।

कसरी मनाईन्छ यो पर्व

व्रत बस्नुअघि आजको दिन व्रतालु महिलाले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट (आँपको रसबाट तयार हुने खाद्य पदार्थ) र पिना प्रसादको रूपमा चढाइ आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

यस पर्वमा व्रतालुले पवित्र पोखरी वा नदीमा स्नान गरेर जितमाहनको कथा सुन्ने गर्दछन् । स्थानीय नदी तथा पोखरीमा शुक्रबार नुहाउन महिलाहरूको भिड लागेको थियो । यस्तोमा पाकाले भन्ने र तन्नेरीले सुन्ने चलन छ । व्रत बस्नु अघिल्लो दिनमै व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सख्खर र तोरीको तेल सहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि लगाउन दिनुपर्छ ।

त्यसै गरी धार्मिक विधिपूर्वक शुक्रवार बिहानै काग कराउनुभन्दा पहिल्यै व्रती महिला ओंगठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायः जसो महिलाले ओंगठनमा च्यूरा दही खाने गरेको पाइन्छ । त्यसपछि उपवासको क्रम सुरु हुन्छ । जिउतिया व्रतलाई पवित्र व्रतको रूपमा मानिन्छ ।

उपवास बसेका दिन महिलाले डकार गरे अथवा मुखले खकार वा जिब्रो टोके भने व्रत असफल भएको मानिन्छ ।

कसरी सुरु भयो पर्व ?

राजा शालिवाहनको राज्यमा एउटी महिलाका सात जना छोरालाई दैत्यले उठाएर लगेपछि राजाले सात जनै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिन देखि शालिवाहनलाई ‘जितुमाहन’ नामकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन छ ।

जीवनमा एक पटक टुटेपछि पुनः गर्न नपाइएन हुँदा हत्तपत्त महिलाले यो पर्व अँगाल्दैनन् । तर सन्तान हुने प्रत्येक महिलाले जीवनमा यो पर्व अपनाउनै पर्ने चलन छ ।

nijgadh-supermart-adz1200-630