skip this

दशैँका लागि नयाँ नोट सटही असोज २९ बाट

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । नेपाल राष्ट्र बैंकले यसवर्ष चाडपर्व लक्षित नयाँ तथा सुकिलो नोट सटही घटस्थापनाको दिन नजिक पारेर सुरु गर्ने तयारी गरेको छ। यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने छ ।

सर्वसाधारणले रु. ५, रु.१०, रु. २०. रु. ५० र रु. १०० दरका एकएक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुने लक्ष्य स्वरूप तयारी भइरहेको छ । सम्भवतः घटस्थापनाको भोलिपल्ट अर्थात् असोज २९ गतेबाट आम सर्वसाधारणलार्ई नयाँ नोट सटही सुरु गर्ने तयारी छ।

नेपाल राष्ट्र बैंकले असोज १९ गतेदेखि रुपैयाँ २० दरको ९ लाख ९९ हजार ९ सय ९९ थान नयाँ नोट प्रचलनमा ल्याएको छ। केन्द्रीय बैंकले शुक्रबार सूचना प्रकाशन गर्दै सो नोट चलनचल्तीमा ल्याएकोबारे सर्वसाधारणका लागि जानकारी दिइसकेको को हो। केन्द्रीय बैंकले २० रुपैयाँ दरको नोट साबिक कै आकार तथा रङमा प्रचलनमा ल्याएको छ।

nijgadh-supermart-adz1200-630