skip this

इजरायलमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे सरकारले चासो राख्नपर्छ : अध्यक्ष नेपाल

900 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । इजरायलमा रहेका नेपालीको सुरक्षा र अवस्थाबारे सरकारले चासो राख्नुपर्ने नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले बताएका छन्। उनले विदेश र स्वदेशमा रहेका नेपालीको समस्यालाई केन्द्रविन्दुमा राखेर सरकारले काम गर्नुपर्ने धारणा राखे।

आज भक्तपुरमा आयोजित दशैंको शुभकामना आदानप्रदान कार्यक्रममा उनले इजरायलसँगै अन्य देशमा रहेका नेपाली कामदारको सुरक्षा र उनीहरुको अवस्थाबारे सरकारले चासो दिनुपर्ने धारणा राखे। उनले विदेशी नेपालीको मात्र नभई स्वदेशी नेपालीको समस्या समाधानमा समेत सरकारले पहल गर्नुपर्ने बताएका छन्।

इजरायल–प्यालेस्टीन युद्धमा परि १० नेपालीको मृत्युले देश स्तब्ध बनेको, सरकारले मृतकका परिवारलाई राहतको व्यवस्था गरी सान्वना दिएको र त्यहाँ फसेका १५४ जना नेपालीको उद्दार गरी ल्याएको चर्चा गर्दै उनले थपे, ‘अरु पनि धेरै नेपालीहरु इजरायलमा काम गरिरहेका छन्।

उनीहरुको सुरक्षाको बारेमा र त्यहाँ रहेका नेपालीको बारेमा मात्रै होइन अन्य देशमा रहेका नेपालीहरुको सुरक्षा र अवस्थाको बारेमा सरकारले चासो राख्नुपर्छ। विदेशमा गएका नेपाली कामदारको मात्र होइन स्वदेशमा रहेका नेपालीहरु जो गरिबी,अभाव र बेरोजगारीले पीडित छन्, जो अन्याय, अत्याचार र थिचोमिचोले पीडित छन् ती सबैको समस्यालाई राज्यले केन्द्रविन्दुमा राख्नुपर्छ।’

उनले विदेशमा श्रमका लागि गएका नेपाली र नेपालमा रहेका बेरोजगारी नेपालीका समस्यालाई राज्यले सम्बोधन गर्न उत्पादन बढाउनुको विकल्प नभएको बताए। उत्पादनसँग रोजगारीलाई जोड्न कृषिलाई उच्च प्राथमिकता आफूहरुले दिएको बताए।

nijgadh-supermart-adz1200-630