skip this

भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिम गरी १२८ जनाको मृत्यु, सयौँ घाइते

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

सुर्खेत-जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको सङ्ख्या १२८ पुगेको छ ।

प्राप्त प्रहरीको पछिल्लो रिपोर्ट अनुसार जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको जाजरकोटका डिएसपी सन्तोष रोकाले रातोपाटीलाई बताए ।

भूकम्पका कारण भेरी नगरपालिका स्थित खलङ्गा बजार र नलगाड नगरपालिकामा धेरै क्षति पुगेको छ ।

भूकम्पका कारण ५५ जना घाइते भएका छन् । घाइतेहरूको सङ्ख्या लगातार बढिरहेको डिएसपी रोकाले बताए ।

घाइतेहरूको जिल्ला अस्पताल खलङ्गामा उपचार हुँदै छ । अस्पताले केही घाइतेहरूलाई सुर्खेततर्फ रिफर गरेको छ ।

 

nijgadh-supermart-adz1200-630