जाजरकोट भूकम्पपीडितलाई थप २८ करोड सहयोग गर्ने चीनको घोषणा
वि.सं.२०८० कात्तिक २२ बुधवार ०९:३७
1.36K
shares

काठमाडौं । उत्तरी छिमेकी चीनले नेपालका भूकम्पपीडितहरूलाई थप करिब २८ करोड रूपैयाँ राहत सहयोग घोषणा गरेको छ। काठमाडौँस्थित चिनियाँ दूतावासले करिब २८ करोड रूपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने जानकारी दिएको हो । नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार सामाजिक सञ्जाल एक्समार्फत उक्त सहयोगको घोषणा गरेका हुन्।
यसअघि चीनले भूकम्पपीडितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री दिएको थियो। उक्त राहत सोमबार केरुङ हुँदै नेपालको रसुवागढी नाकाबाट काठमाडौंतर्फ आइसकेको चिनियाँ दूतावासले जनाएको छ ।
वि.सं.२०८० कात्तिक २२ बुधवार ०९:३७
















