राप्रपा ‘ब्याक’ हुँदा बागदेव दुग्ध उत्पादक सहकारीमा यी पदमा सर्वसम्मत ! उपाध्यक्षमा जुटेन सहमति
अब के हुन्छ ?
वि.सं.२०८० पुस १९ बिहीवार २१:५७

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. मा एउटा पद बाहेक सबै पदमा सर्वसम्मत भएको छ ।
उम्मेदवारी एक जनाको मात्र पर्दा यसअघि नै अध्यक्षमा थानेश्वर सापकोटासहित लेखा समितिका संयोजक र दुई सदस्य सर्वसम्मत भएका थिए । लेखा समिति संयोजक राजन प्रसाद तिमसिना, लेखा समिति सदस्य उमादेवी दाहाल घिमिरे, राम प्रसाद हुमागाई सर्वसम्मत भएका थिए ।
निर्वाचन समितिले विहीबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीमा उपाध्यक्ष पदमा बाहेक सबै पदमा सर्वसम्मत भएको उल्लेख छ ।
उपाध्यक्ष बाहेक सबै पदमा एक भन्दा बढी उम्मेदवारी रहेकोमा उम्मेदवारले नाम फिर्ता लिएपछि सम्मत भएको निर्वाचन अधिकृत अजय कुमार उप्रेतीले जानकारी दिए ।
जस अनुसार सचिवमा प्रकाश प्रसाद सापकोटा, कोषाध्यक्ष रामहरी खरेल, उपसचिवमा निर्मल बजगाई, सदस्य तुलसीराम राउत, सुर्य बहादुर खड्का, बसन्ता कार्की, रन्जीता अधिकारी, सर्मिला हुमागाई, सन्तु बहादुर वाइवा, तिलक बहादुर राउत, उमा अर्याल, देहेन्द्र प्रसाद घिमिरे सर्वसम्मत भएका हुन् ।
राप्रपा ‘ब्याक’ भएपछि..
राप्रपा निकट किसानले सचिव, कोषाध्यक्ष, सहसचिव र दुई सदस्य पदमा उम्मेदवारी दर्ता गराएमा उनीहरुले उम्मेदवारी फिर्ता लिएका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका टुकबहादुर तिमल्सिनाको भने उम्मेदवारी कायमै छ ।

राप्रपा निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेतीले पार्टीको आग्रहमा अधिकांश उम्मेदवार फिर्ता भएको जानकारी दिए । उनका अनुसार निर्वाचनमा जाँदा संस्थाको आर्थिक बोझ बढ्ने भएकाले अहिलेको संकटको बेलामा चुनाव नहोस् भनेर आफुहरुले नाम फिर्ता लिन आग्रह गरेको हो ।
‘किसानले दुग्ध बेचेको भुक्तानी पाउन सकेका छैनन्’ अध्यक्ष उप्रेतीले भने–यस्तो अवस्थामा किसानको पैसा नै खर्च गराउने गरि निर्वाचन हुने अवस्था नबनोस् भन्ने हाम्रो चाहाना हो । हामी बाहिर बसेर नै रचनात्मक सहयोग गछौं ।
उपाध्यक्षमा जुटेन सहमति
उम्मेदवारी फिता गराउने अन्तिम समयसम्म पनि तीन जना उम्मेदवार रहेको उपाध्यक्ष पदमा एक जनाको पनि नाम फिर्ता हुन सकेन् ।
उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना, गोविन्द प्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।
अब के हुन्छ ?
निर्वाचन समितिले तीन जनाको अन्तिम नामावली प्रकाशन गरेको छ । सहमति नजुट्दा एउटा मात्र पदका लागि मतदान हुने अवस्था बनेको छ । निर्वाचन बाहेक अब यसको विकल्प केहि छ कि छैन भनेर हामीले निर्वाचन अधिकृत उप्रेतीलाई सोधका थियौं । उनका अनुसार यस्तो अवस्थामा उम्मेदवारी फिर्ता हुँदा मतदान नहुने अवस्था नआउने बारे कुनै लिखित रुपमा व्यवस्था भेटिएको छैन ।
यो जटिल परिस्थितिबारेमा निर्वाचन कार्यालय, कानून विद्यसँग परामर्शमा लिएको जानकारी दिदै अन्तिम विकल्पका रुपमा तीन उम्मेदवार मध्ये दुई जनाले उम्मेदवार नहने भनि स्वघोषणा गरेर त्यसलाई निर्वाचन समितिले मुचुल्का उठाएर बाँकी एक जनालाई सर्वसम्मत घोषणा गर्न सकिने अवस्था रहेको बताए ।

वि.सं.२०८० पुस १९ बिहीवार २१:५७
















