यी हुन् नेपाल रेडक्रस सोसाईटी निजगढ उप–शाखाको सभापतिको आकांक्षी
२७ गते मनोनयन, २८ गते मतदानको कार्यतालिका
वि.सं.२०८० पुस १९ बिहीवार २०:१२

बारा–बाराको निजगढस्थित नेपाल रेडक्रस सोसाईटी निजगढको नयाँ नेतृत्वमा परिवर्तन हुँदैछ ।
नयाँ कार्यसमिति चयनका लागि १६ पुसदेखि निर्वाचन कार्यक्रम सुरु भईसकेको छ । जस अनुसार २७ गते उम्मेदवारको मनोनयन दर्ता हुने छ भने २८ गते मतदानको कार्यतालिका रहेको छ ।
रेडक्रसमा साधारण र आजीवन सदस्य गरि दुई सय १८ जना मतदाता छन् । २०७९ चैतसम्म सदस्यता लिएकाले मात्र मतदाता बन्न पाएका हुन् ।
४ जना सभापतिको आकांक्षि ?
रेडक्रसको नेतृत्वको लागि ४ जना आकाक्षि देखिएका छन् । जसमा अहिले कार्यसमितिको उपसभापति रहेकी गंगा शिवाकोटी, सचिव मोहन डिसी, सहसचिव अमृतराज उप्रेती र पूर्व उपभापति रुद्र धिताल आकाक्षि देखिएका छन् ।
को हुन् गंगा शिवाकोटी
सभापतिको लागि उम्मेदवारी घोषणा गरेकी गंगा २०६३ देखि रेडक्रसमा सक्रिय छिन् । मनोनित सदस्यबाट रेडक्रस प्रवेश गरेकी गंगा उपकोषाध्यक्ष, कोषाध्यक्ष हुँदै अहिले उपसभापति रहेकी हुन् । उनका अनुसार यस अघि पनि सभापतिको आकांक्षि भएपनि सहमतिमा त्यसपटक आफु पछाडी हटेकी हुन् ।
को हुन् मोहन डिसी
२०७४ सालमा सदस्यका रुपमा रेडक्रसमा सक्रिय रहेका मोहन डिसी अहिले सचिव छन् । यसअघि उपसचिव रहेका मोहन सचिवका रुपमा काम गरेकाले सभापतिको आकांक्षि रहेका छन् ।
को हुन् अमृतराज उप्रेती
२०७० सालमा सदस्यका रुपमा रेडक्रस प्रवेश गरेका अमृतराज उप्रेती अहिले सहसचिव छन् । उनले आफुलाई सभापतिको आकांक्षिका रुपमा अघि सारेका छन् ।
को हुन् रुद्र धिताल
रेडक्रस निजगढमा २०६० देखि सक्रिय रहेका रुद्र धिताल पूर्व उपसभापति हुन् । उनले यसअघि पनि सभापतिका रुपमा आकांक्षा व्यक्त गरेपनि हुन सकेनन् । अघिल्लो पटक पनि छाडेकाले यो पटक नेतृत्व गर्ने गरि तयारी गरिरहेको उनी बताउँछन् । उनले उपसभापतिका रुपमा काम गरेपनि पुनः केहि समय साधारण सदस्यका रुपमा सक्रिय रहेर पुनः यसअघि सचिव बनेका थिए ।
वि.सं.२०८० पुस १९ बिहीवार २०:१२
















