skip this

एमालेको रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिए

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

रौतहट : नेकपा (एमाले) रौतहटको अध्यक्षमा त्रिभुवन साह चुनिएका छन् ।
नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रुपमा चुनिएको नेता प्रभु साहले जानकारी दिए ।
यसैगरी उपाध्यक्षमा दीपक यादव, सचिवमा बालविक्रम कार्की, उपसचिवमा पलट चौधरी र रुपेश पटेल चुनिएका छन् ।
प्रदेश २ को सप्तरीमा गत पुस २३ गते नै अधिवेशन भए पनि रौतहटलगायतका जिल्लामा आन्तरिक विवादका कारण अधिवेशन हुन सकेको थिएन ।
अर्को पक्षले विद्रोह
नेकपा (एमाले) स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रुपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले विद्रोह गरेको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले अस्वीकार गरेको हो ।
गिरिले अध्यक्ष मण्डलद्वारा घोषित एकलौटी जिल्ला कमिटी अवैध भनेका छन् । ‘अधिवेशनको हलले जिल्ला कमिटीलाई अनुमोदन गरेको छैन। सोमबार दिउँसो ११ बजे गरुडा पार्टी कार्यलयमा उपस्थित हुनु हुन सम्पूर्ण प्रतिनिधि तथा पर्यवेक्षक कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु,’ नयाँ कमिटी घोषणा अघिसम्म अध्यक्ष रहेका गिरिले आह्वान गरेका छन् ।

nijgadh-supermart-adz1200-630