उच्चस्तरिय राजनीतिक समन्वय समितिको बैठक बस्दै
वि.सं.२०७८ माघ ४ मंगलवार ०८:४०
981
shares

काठमाडौँ : पाँच दलीय गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक सुरु हुने प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जनाएको छ।
बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचन रहेको र त्यसबाहेक राष्ट्रियसभा निर्वाचनको रणनीति र संसद्को गतिरोध अन्त्यका विषयमा पनि छलफल हुने बताइएको छ ।
सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच यही विषयमा छलफल भएको थियो ।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सिफारिस गरे पनि सरकारले ढिलाइ गरिरहेको छ । प्रमुख प्रतिपक्षी एमालेले स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउन खोजिएको आरोप लगाएको छ ।
वि.सं.२०७८ माघ ४ मंगलवार ०८:४०

















