भोलि देशभर वर्षासँगै हिमपातको सम्भावना
वि.सं.२०७८ माघ ५ बुधवार ०७:२७
1.45K
shares

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका थोरै स्थानमा हुस्सु-कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान मौसम विश्लेषण गर्दै जारी गरेको विज्ञप्तिअनुसार हाल प्रदेश नं १ र मधेस प्रदेशलगायत पहाडी भू-भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाकाअनुसार देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
देशभर अझै बढ्ने क्रममा रहेको चिसोबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोधसमेत गरिएको छ ।हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान
वि.सं.२०७८ माघ ५ बुधवार ०७:२७

















