skip this

इंग्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो

843 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ : इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएरातिको खेलमा चेल्सी बराबरीमा रोकिएको छ ।
अबे मैदानमा भएको खेलमा चेल्सी ब्राइटनसँग बराबरीमा रोकिएको हो ।मंगलबार राति भएको खेलमा चेल्सीले ब्राइटनसँग १–१ को बराबरी खेलेको हो ।
खेलको पहिलो हाफमा अग्रता लिएको चेल्सीले दोस्रो हाफमा अग्रता जोगाउन नसकेको हो ।
चेल्सीका लागि खेलको २८ औँ मिनेटमा जियचले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफका चेल्सीको अग्रता रोक्न ६० औँ मिनेटमा ब्राइटनका वेब्स्टरले गोल गरे ।
गएराति बराबरीमा रोकिएको चेल्सी ४४ अंकसहित तेस्रो स्थानमा छ । उसले २३ खेल खेलेको छ । नवौं स्थानको ब्राइटनको २९ अंक छ ।

nijgadh-supermart-adz1200-630