skip this farak Kura Pravakar

भीड व्यवस्थापनका लागि सिमरा प्रशासनको नयाँ सेवा तालिका लागू ! अब नागरिकता र परिचयपत्र सेवा निश्चित दिनमा मात्र

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—इलाका प्रशासन कार्यालय सिमरा, बाराबाट एक जरुरी सूचना जारी गरिएको छ जसअनुसार आगामी दिनहरूमा नागरिकता तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाह निश्चित दिन र स्थानमा मात्र हुने जानकारी गराइएको छ।

कार्यालयमा सेवा लिने सेवाग्राहीहरूको अत्यधिक चापका कारण २०८२ असार १० गतेदेखि आफ्नो वडा वा पालिकाको पालो परेको दिनमा मात्र सेवा लिन अनुरोध गरिएको छ।

अब आइतवार, सोमबार, मंगलबार जीतपुरसिमरा उपमहानगरपालिका र बुधबार, बिहीबार, शुक्रवार निजगढ नगरपालिकाका नागरिककाे काम हुने उपसचिव तथा कार्यालय प्रमुख तेजराज शर्माद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

स्थानीय तहहरू जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकाका मातहतका वडाहरूसँग आवश्यक समन्वय गरी सेवा प्रवाह गरिनेछ ।

साथै, जनतालाई पालोअनुसार मात्र सेवा लिन आ–आफ्नो वडाबाट जानकारी लिएर मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरिएको छ ।

सेवा लिँदा भीड व्यवस्थापन र कार्य प्रभावकारिता सुनिश्चित गर्न उक्त निर्णय गरिएको जनाइएको छ ।

nijgadh-supermart-adz1200-630