skip this

निजगढ नगरपालिकामा शनिबार अपाङ्गता सहायक सामग्री वितरण शिविर संचालन हुने

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- निजगढ नगरपालिकाको आयोजनामा अपाङ्गता भएका व्यक्तिहरूका लागि सहायक सामग्री वितरण शिविर यही असार ७ गते शनिबार सञ्चालन हुने भएको छ। प्रेरणा (शारीरिक पुनर्स्थापना केन्द्र), ललितपुर, सल्ली संगको सहकार्यमा नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा स्वीकृत वार्षिक कार्ययोजनाअन्तर्गत शिविरको आयोजना गर्न लागेको हो।

नगरपालिकाका अनुसार १८ वर्षभन्दा माथिका अपाङ्गता भएका व्यक्तिहरूको शारीरिक परीक्षण तथा सहायक सामग्री नापजाँचका लागि शिविर आयोजना गरिनेछ। शिविरमा सहभागी भई सेवा लिन इच्छुक अपाङ्गता भएका व्यक्तिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन नगरपालिकाले अनुरोध गरेको छ।

शिविर २०८२ असार ७ गते शनिबार निजगढ नगरपालिकाको सभाहलमा बिहान १०:०० बजेदेखि अपराह्न ५:०० बजेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरूको जीवनशैली सुधारमा टेवा पुग्ने अपेक्षा नगरपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर अर्यालले सूचनामार्फत जनाएका छन् ।

nijgadh-supermart-adz1200-630