नेपाल राष्ट्रिय आधारभूत विद्यालय बजनीकाे प्रधानाध्यापकमा पराजुली नियुक्त
वि.सं.२०८२ साउन २९ बिहीवार १९:५७
1.43K
shares

बारा-बाराको जीतपुरसिमरा-३ बजनीस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको प्रधानाध्यापकमा दिनेश पराजुली नियुक्त भएका छन्।

जीतपुरसिमरा-१५ निवासी पराजुली लामो समयदेखि शिक्षण क्षेत्रमा संलग्न अनुभवी शिक्षक हुन्।
विद्यालय समितिका अध्यक्ष मदन प्रसाद तिमल्सिनाको अध्यक्षतामा बिहीबार बसेको बैठकले उनलाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्ति पश्चात् सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले थप जिम्मेवारी र भरोसा पाएको भन्दै विद्यालयको शैक्षिक गुणस्तर उकास्न प्रतिबद्ध रहने बताएका छन्।
गाउँकै जनकल्याण आधारभूत विद्यालयबाट शिक्षण यात्रा सुरु गरेका पराजुली त्यहाँबाट गत वर्ष विदा भएका थिए ।
वि.सं.२०८२ साउन २९ बिहीवार १९:५७
















