नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको तेस्रो मधेश प्रदेश सम्मेलन भोलि निजगढमा
वि.सं.२०८२ साउन २९ बिहीवार १८:५७

बारा—नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले आफ्नो तेस्रो मधेश प्रदेश सम्मेलन भोलि (श्रावण ३० गते) बारा जिल्लाको निजगढ बजारस्थित होटल राजमार्गमा आयोजना गर्न लागेको छ।
सम्मेलनकाे विहान १० बजे प्रमुख अतिथि पूर्वमन्त्री ज्वाला साहले उद्घाटन गर्नेछन् ।
सम्मेलनले भावी कार्यक्रम निर्धारण तथा नयाँ प्रदेश कार्यसमिति चयन गर्ने पत्रकार सम्मेलनमा संगठनका केन्द्रीय सदस्य एवम् मधेस ईन्चार्ज किशाेर साहले जानकारी दिए ।
सम्मेलन तयारीका लागि केन्द्रीय र प्रदेश समितिका सदस्यहरू निजगढ आईपुगि सकेका छन् । विभिन्न जिल्लामा करिब ९० जना प्रतिनिधि सहभागी हुनेछन् ।
पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष मनोज बिष्ट, उपाध्यक्ष होम बस्नेत, पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, संगठनका सदस्य गाेविन्द अधिकारीलगायतका पदाधिकारीहरूको सहभागिता रहेकाे पत्रकार सम्मेलनकाे सहजिकरण प्रदेश सदस्य सागर दाहालले गरेका थिए ।
वि.सं.२०८२ साउन २९ बिहीवार १८:५७
















