नपली सिर्जनानगरमा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम
वि.सं.२०८२ साउन ३० शुक्रवार १९:३३

भक्तपुर-भक्तपुर नगरपालिका वडा नं १ नपली सिर्जनानगर स्थित सन्तति आधारभूत विद्यालयको प्रांगणमा शुक्रबार भक्तपुर नगरपालिका १ को आयोजनामा झोल साबुन तथा पाउडर सरफ बनाउने तालिम सम्पन्न भएको छ ।
उक्त तालिममा भक्तपुर नगरपालिका वडा नं १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले विकासका लागि आधारभूत सीपको तालिम संचालन गर्ने मान्यतामा अनुरुप तालिमबाट सिकेको सीप टोल समुदायको निम्ति प्रयोग गर्नुपर्ने बताउँदै ख्वप अस्पतालसँग समन्वय गरेर नपलीमा रहेको स्वास्थ्य चाैकीको स्तर उन्नतिसहित विशेषज्ञ सेवाको प्रक्रिया अगाडि बढिरहेको बताए ।

उनले वडाबाट संचालन भएका विभिन्न क्रियाकलापको जानकारी दिँदै नपली स्थित इसानेश्वर महादेवको निर्माण पूर्णताको लागि स्थानीय उपभोक्ता समितिले छलफल र सरसल्लाहबाट काम गरिरहेका बताए ।
सोही कार्यक्रममा प्रशिक्षक रमिता चाैगुठीले स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गरि तालिम लिनुपर्ने बताउनुभयो ।
उक्त कार्यक्रममा वडा सदस्य सुर्यप्रसाद श्रेष्ठले समेत बताए ।
भक्तपुर नगरपालिका वडा नं. १ को आयोजनामा संचालन भएको उक्त तालिममा टोलका ३० जना महिलाहरुले सहभागिता जनाएका थिए ।
वि.सं.२०८२ साउन ३० शुक्रवार १९:३३
















