skip this farak Kura Pravakar

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन मधेश प्रदेशको अध्यक्षमा ‘सागर’ दाहाल निर्वाचित

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा—नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको मधेश प्रदेश अध्यक्षमा गौरीशंकर क्याम्पस निजगढका सहायक प्रध्यापक शान्तबहादुर दाहाल ‘सागर’ निर्वाचित भएका छन् ।

नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको बाराको निजगढ–९ शहीदचोकस्थित होटल राजमार्गमा भएको तेस्रो मधेश प्रदेश सम्मेलनले दाहालको अध्यक्षतामा २१ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएका हुन् ।

उपाध्यक्षमा मविव क्याम्पस राजविराजका मानसकुमार अधिकारी, वर्दिबास जनता बहुमुखी क्याम्पसका हरिप्रसाद खनाल, सचिवमा सिरहा क्याम्पसका विनोद यादव, कोषाध्यक्षमा रा.रा.प्र. क्याम्पस जनकपुरका रामहृदय मण्डल, स–सचिवमा आर आर जेएमसी गोलबजारका दिनेशकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यमा बकुलिया क्याम्पसका लक्ष्मी खरेल, आर जे यु. जनकपुरका शम्भु पोखरेल, जनकहजारी विद्यापिठका गोबिन्द दिक्षित, आर आर जेएमसी गोलबजारका श्यामकुमार महत्तो, लहान क्याम्पसका इश्वरदेव ठाकुर, सप्तरी क्याम्पसका महेश चौधरी, ठाकुराम बहुमुखि क्याम्पसका सञ्जयभक्त श्रेष्ठ, मालना मटिहावीका देवनारायण मण्डल, सिमरा कलेजका सुमित अधिकारी सर्वसम्मत निर्वाचित भएका छन् ।

सम्मेलनमा मधेस प्रदेशका ८ जिल्लाबाट ६५ जना प्रतिनिधि सहभागी भएका थिए ।

यसअघि सम्मेलनको पूर्वमन्त्री ज्वाला साहले उद्घाटन गरेकी थिईन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले पोलिटव्यूरो सदस्य समेत रहेकी साहले प्रगतिशील प्राध्यापक संगठनको एकताबद्ध र योजनाबद्धको सक्रियताले देशभरको सामुदायिक विद्यालयमा गुणस्तर शिक्षा प्रवाह गर्न महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरेकी छिन् ।

सम्मेलन उद्घाटन समारोहमा नेकपा (एमाले) केन्द्रिय सदस्य एवं शिक्षा तथा मावन स्रोत विभाग प्रमुख पावर्ती रावत, संगठनका केन्द्रिय अध्यक्ष डा. पद्मप्रसाद खतिवडा, वरिष्ठ उपाध्यक्ष मनोज बिष्ट, उपाध्यक्ष होम बस्नेत, महासचिव सुमन खरेल, कृष्ण पण्डित, किशोर शर्मा, निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्ग, एमाले मधेस प्रदेश कमिटी सदस्य सुदर्शनप्रसाद कोईराला, लिलादेवी लामिछाने खनाल, पब्लिक क्याम्पस संघका केन्द्रीय सदस्य एकबहादुर श्रेष्ठ, पार्टी नगर अध्यक्ष तिलक घलान लगायतको उपस्थिति रहेको थियो ।

संगठनका केन्द्रीय सचिव एवम् मधेस ईन्चार्ज किशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत केन्द्रिय सदस्य किशोर शर्मा र सञ्चालन शान्तबहादुर दहाल ‘सागर’ ले गरेका थिए ।

nijgadh-supermart-adz1200-630