skip this

सरिता ईभेन्टसले भरतपुरमा भदौ १० गते खुल्ला तिज नृत्य प्रतियोगिता गर्दै

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

चितवन-सरिता ईभेन्टसको आयोजनामा नेपाली नारीहरुको महान चाड हरितालिका तीजको दिनमा ‘शिक्षा, सिप र श्रमलाई सम्मान, नारी उद्यमशीलता हाम्रो अभियान’ भन्ने मूल नाराका साथ‘ तिज विशेष साँस्कृतिक कार्यक्रम-२०८२ एवं खुल्ला तिज नृत्य प्रतियोगिता’ हुने भएको छ ।

चितवनको भरतपुर महानगरपालिका-२६ ज्योतिनगर हाटबजार परिषरमा भदौ १० गते, मंगलबार, दिउँसो १:०० बजेदेखि गर्न लागिएको सो कार्यक्रममा स्थानीय प्रतिभाहरूको साँस्कृतिक कार्यक्रम, डान्स प्लानेटका प्रस्तुति र थुप्रै चर्चित कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।


सरिता ईभेन्टसकी अध्यक्ष सरिता आचार्यका अनुसार उक्त कार्यक्रममा चन्दा अर्याल, रमेश श्रेष्ठ ( मेलोडी ), अनिल सुनार, सरिता गुरुङ श्रेष्ठ, सुमन रोक्का, सोनिका क्षेत्री, गोबिन्द सापकोटा, भुमिराज रेग्मी, आरती सापकोटा साथै स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।

त्यसैगरी भरतपुर महानगरपालिका २६ नं.वडा कार्यालय कार्यक्रमको
संरक्षकको रुपमा रहेको छ भने सह-आयोजकमा ज्योतिनगर बजार व्यवस्थापन समिति र ज्योतिनगर हाटबजार व्यवस्थापन समिति रहेको छ ।

यस्तै कार्यक्रमको सह – प्रायोजकमा बिमला ब्युटी पार्लर, लम्साल इन्टरप्राइजेज, रोशन होमियोप्याथिक फामेर्सि, अर्भिक ईन्टरप्राइजेज्, कृष्ण मोबाइल हाउस, शुभ श्री मोबाइल पोइन्ट, ब्युटी लुक्स पार्लर, हाम्रो बेकरी, मनाङ चामल र किलियर भिजन अप्टिकल हाउस रहेका छन् ।

यसैगरी, उक्त कार्यक्रमको प्रायोजकमा आरती ब्युटी पार्लर एण्ड ट्रेनिङ सेन्टर, प्रकृति कपास उद्योग, होटल जमघट र सोफा हव चितवन रहेका छन् । साथै, उक्त कार्यक्रमको मिडिया पार्टनरको रुपमा जनअपडेट डटकमलगायतका मिडिया रहने छन् ।

nijgadh-supermart-adz1200-630