skip this farak Kura Pravakar

डुमरवाना बहुमुखी क्याम्पस र हात्तीसार मेमोरियल सामुदायिक क्याम्पसद्वारा क्यारियर काउन्सिलिङ

1.15K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा-१५ डुमरवानास्थित त्रिभुवन विश्वविद्यालयअन्तर्गतको डुमरवाना बहुमुखी क्याम्पस र मधेश विश्वविद्यालयअन्तर्गतको हात्तीसार मेमोरियल सामुदायिक क्याम्पस, डुमरवानाले संयुक्त रुपमा “क्यारियर काउन्सिलिङ कार्यक्रम” सम्पन्न गरेको छ।

“आज सिकौँ, भोलि नेतृत्व गरौँ” र “नौकरीबाट सुरु गरौँ, उद्यमशीलतामा टुंग्याऔँ” भन्ने मूल नाराका साथ बुधबार आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुलाई भविष्यमा रोजगारी तथा उद्यमशीलता अवसरबारे आवश्यक जानकारी दिइएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. इन्द्रकुमार यादव (डिन–मानविकी तथा सामाजिक संकाय, त्रिवि)ले विद्यार्थीले अध्ययनसँगै व्यावहारिक सीपमा जोड दिनुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै, विशेष अतिथि प्रा. डा. धर्मनाथ यादव (उप–प्राध्यापक, त्रिवि)ले आफ्नो अनुभव बाँड्दै विद्यार्थीलाई आत्मनिर्भर बन्न प्रेरित गरेका थिए ।

सो अवसरमा विभिन्न वक्ताहरुले करियर निर्माणका उपाय, वर्तमान बजारमा आवश्यक सीप र उद्यमशीलता सम्बन्धी सम्भावनाबारे विस्तृतमा जानकारी गराएका थिए ।

कार्यक्रममा कक्षा १२ उत्तीर्ण तथा अध्ययनरत विद्यार्थी,
स्थानीय समुदाय, क्याम्पसका शिक्षक–विद्यार्थी र अभिभावकहरुको समेत सक्रिय सहभागिता रहेको क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले जानकारी दिए ।

क्यारियर काउन्सिलिङ कार्यक्रम प्रथम सत्र डुमरवाना बहुमुखी क्याम्पसको सभाहल, दोस्रो सत्र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा र तेस्रो सत्र श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रघुनाथपुरमा सम्पन्न भएको हाे ।

क्यारियर काउन्सिलिङ कार्यक्रममा विज्ञ प्रशिक्षकहरु डा. बेदप्रसाद ढकाल र डा. अरविन्द श्रेष्ठले प्रशिक्षण दिएका थिए ।

शिक्षा क्षेत्रमा अभिमुखीकरण र भविष्य निर्माणमा मार्गदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको हाे ।

nijgadh-supermart-adz1200-630