निजगढमा नेपाल महिला संघद्वारा तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न
वि.सं.२०८२ भदौ ११ बुधवार १०:१९

बारा–हिन्दु नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नेपाल महिला संघ, निजगढ नगर कार्यसमितिले विशेष शुभकामना आदान–प्रदान तथा दर कार्यक्रम सम्पन्न गरेको छ ।
निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
सहभागीहरूले दर खाने परम्परा संगसँगै सांस्कृतिक प्रस्तुतिहरूमार्फत तीज पर्वको महत्व झल्काएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेस प्रदेशकी सांसद मीना लामाले तीज पर्वले महिलाबीच एकता, सद्भाव र आत्मबल वृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा प्रमुख अतिथि माननीय मिना लामा, विशिष्ट अतिथि निर्वाचित वडा नं. ४ सदस्य तथा नगर कार्यपालिका सदस्य मिना चौरेल, नगर कार्यपालिका सदस्य सर्मिला विक, अतिथि उषा माया थापा, कल्पना खरेल, चन्दा लामा, सुन माया लामा, सावित्री भारती र धनमाया दर्लामीलगायतको सहभागिता रहेको आयोजकले जनाएको छ ।

संघकी नगर सभापति विष्णु नेपालकाे सभाध्यक्षता भएको कार्यक्रममा नेपाल महिला संघ नगर सचिव चन्द्रिका कुमारी मगरले सञ्चालन र संघकी सदस्य रुपा घलानले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।
वि.सं.२०८२ भदौ ११ बुधवार १०:१९
















