skip this

रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यू

798 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ।

शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए।

उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ ।

अत्यावश्यक आवतजावतका लागि आज साँझ ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ।

निषेधाज्ञा वा कर्फ्यूको समयमा भेला, जुलुस, सभा, बैठक, प्रर्दशन, पोष्टर पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर हुने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन।

nijgadh-supermart-adz1200-630