जिल्ला प्रशासन कार्यालय बाराले सेवा अवरुद्ध हुने सूचना जारी गर्यो
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:१७
1.04K
shares

बारा-जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै आगामी भदाैं २७ गते नियमित सेवा प्रवाह बन्द रहने जनाएको छ ।
कार्यालयबाट उपलब्ध गराइँदै आएका सम्पूर्ण सेवाहरू (शान्ति सुरक्षा र विपद् व्यवस्थापन बाहेक) उक्त मितिमा बन्द रहने जानकारी दिइएको छ। सेवाग्राहीहरूले भोग्नुपर्ने असुविधाप्रति कार्यालयले खेद प्रकट गरेको छ।
सूचनामा हाल जिल्लाभर विभिन्न क्षेत्र र कार्यक्षेत्रमा उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै यस्तो निर्णय गर्नुपरेको उल्लेख गरिएको छ। साथै जिल्लावासीलाई आवश्यक कामकाजका क्रममा यस व्यवस्थालाई ध्यानमा राखी अघि बढ्न प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सूचना जारी गरेर जनाएका हुन्।
वि.सं.२०८२ भदौ २६ बिहीवार १०:१७
















