skip this

मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा बाराका लोसपा नेता जितेन्द्र सोनल नियुक्त

1.23K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–मधेश प्रदेशको चौथो मुख्यमन्त्रीका रुपमा लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्।

बारा क्षेत्र नं. ४ (ख) बाट निर्वाचित भएका सोनल अघिल्लो प्रदेश सभाको लालबाबु राउत नेतृत्वको सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए ।

मधेस प्रदेश सरकारले यसअघि सतिसकुमार सिंह, सरोज यादव, लालबाबु राउत गद्दीलाई मुख्यमन्त्री पाईसकेको छ ।

सोनल बाराबाट मुख्यमन्त्री बन्ने दोस्रो हुन् । पूर्वमुख्यमन्त्री सरोज यादव समेत बाराकै हुन् ।

सोनल र यादव दुवैले चुनाव जितेर मुख्यमन्त्री बन्ने नारा बनाएका थिए । चालु प्रदेश सभामा दुवैजना मुख्यमन्त्री बन्न सफल भएका छन् ।

 

nijgadh-supermart-adz1200-630