skip this farak Kura Pravakar

बारा जिल्ला स्तरीय जुनियर खुल्ला तेक्वान्दो प्रतियोगितामा नेत्रोदय डोजाङ्ग प्रथम

468 shares
jeetpursimara dasain 2082
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल ” भन्ने नाराका साथ बाराको निजगढमा आयोजित बारा जिल्ला स्तरीय जुनियर खुल्ला तेक्वान्दो प्रतियोगितामा निजगढ–७ को नेत्रोदय डोजाङ्ग प्रथम भएको छ ।

बारा निजगढ तेक्वान्दो डोजाङ, निजगढ–८ को आयोजनामा निजगढ तेक्वान्दो कवर्ड हलमा भएको प्रतियोगितामा १२ मेडलसहित नेत्रोदय प्रथम भएको हो । प्रतियोगितामा नेत्रोदयले समान ४÷४ स्वर्ण, रजत र कास्य पदक जितेको छ ।

त्यस्तै आयोजक बारा निजगढ तेक्वान्दो डोजाङ ९ मेडलसहित दोस्रो भएको छ । प्रतियोगितामा बारा निजगढ तेक्वान्दो डोजाङले समान ४ स्वर्ण ३ रजत र २ कास्य पदक जितेको छ ।

त्यस्तै निजगढ–५ बागदेवको स्मार्टसिटी तेक्वान्दो डोजाङ ६ मेडलसहित तेस्रो भएको छ । प्रतियोगितामा स्मार्टसिटी एक स्वर्ण एक रजत र ४ कास्य पदक जितेको छ ।

त्यस्तै सिमरास्थित लाईन्स तेक्वान्दो डोजाङ्गले तीन रजत र चार कास्य पदक जितेको छ ।
त्यस्तै निजगढ–१ सिंगौलको श्री नेपाल राष्ट्रिय तेक्वान्दो डोजाङल एक रजत र २ कास्य पदक जितेको छ ।

त्यस्तै जीतपुरसिमरा–१५ डुमरवानास्थित राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदन तेक्वान्दो डोजाङ्गले एक रजत र दुई कास्य पदक जितेको छ ।

त्यस्तै प्रसौनी तेक्वान्दो डोजाङ्गले दुई कास्य पदक जितेको छ भने कलैयास्थित मोतिबाघ तेक्वान्दो डोजाङ्ग पदक विहीन बनेको छ ।

प्रतियोगिताका विजयी खेलाडी र टीमलाई निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, वडा नं. ८ का वडा अध्यक्ष स्वर्ण लामा, जिल्ला खेलकुद विकास समिति बाराका कार्यालय प्रमुख एवं अन्तराष्ट्रिय प्रशिक्षक हेमलाल श्रेष्ठ, बारा निजगढ तेक्वान्दो डोजाङका अध्यक्ष चित्रबहादुर लामा नन्दु लगायत मेडल तथा प्रमाण–पत्र वितरण गरेका थिए ।

एक सय बढी खेलाडीले प्रतिस्पार्धा गरेको प्रतियोगिताको शनिबार विहान मेयर पुरीले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

आयोजक बारा निजगढ तेक्वान्दो डोजाङका अध्यक्ष लामाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला तेक्वान्दो संघ बाराका सचिव दिपक खड्का, पत्रकार महेश्वर अधिकारीले गरेका थिए ।

प्रतियोगितामा जिल्ला तेक्वान्दो संघ बाराका उपाध्यक्ष सञ्जयकुमार साह, राष्ट्रिय प्रशिक्षक शिवहरी, विवेक राई, प्रदीप तिवारी, नेत्रोदय तेक्वान्दो डोजाङ्गका प्रमुख धनकुमार सिँजाली, सहायक प्रमुख शंकर रखाल, कोल्हवी तेक्वान्दो डोजाङ्ग प्रमुख राजकुमार चौधरी लगायत सहभागि थिए ।

कार्यक्रममा मेयर पुरीले अध्यक्ष लामालाई खेल सामाग्री समेत हस्तान्तरण गरेका थिए ।

nijgadh nagarpalika dasain 2082
nijgadh-supermart-adz1200-630