skip this

सिम्रौनगढ नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साहद्वारा कार्यभार ग्रहण

864 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको सिम्रौनगढ नगरपालिकामा आजदेखि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा बीरबहादुर साहले औपचारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ ।

कार्यभार ग्रहण कार्यक्रममा नगर प्रमुख किशोरी प्रसाद कलवारसहित नगरपालिका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत साहलाई स्वागत गरेका थिए ।

नगरपालिकाको २३औँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा जिम्मेवारी सम्हाल्नु भएका साह आठौँ तहका कर्मचारी हुनुहुन्छ। यसअघि उहाँ रौतहटको कटहरिया नगरपालिकामा कार्यरत रहनु भएको थियो। साह बारा जिल्लाको कलैया–२७, बिजुलपुर निवासी हुनुहुन्छ ।

यसअघि सिम्रौनगढ नगरपालिकामा उप–सचिव राधा देवकोटा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहनु भएको थियो ।

nijgadh-supermart-adz1200-630