अनेरास्ववियुको स्टुडेन्ट को–अर्डिनेशन एण्ड रेस्क्यु टिम मधेश प्रदेशको संयोजकमा सुमित कुमार पटेल
वि.सं.२०८२ पुस १६ बुधवार २१:४४
1.02K
shares

बारा-अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को Student Co-ordination & Rescue Team, मधेश प्रदेशको संयोजकको जिम्मेवारी सुमित कुमार पटेललाई प्रदान गरिएको छ।
अनेरास्ववियुको विधानअनुसार पटेललाई संयोजकको जिम्मेवारी दिइएको जानकारी संगठनले औपचारिक रूपमा गराएको हो। संगठनले उहाँले अनेरास्ववियुको विधान, मूल्य, मान्यता र मर्यादाभित्र रही जिम्मेवारी निर्वाह गर्दै संगठनको आन्दोलनलाई सफल बनाउने विश्वास व्यक्त गरेको छ ।
संगठनका अनुसार विद्यार्थीहरूको समन्वय, उद्धार तथा आपतकालीन अवस्थाका गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले उक्त जिम्मेवारी प्रदान गरिएको हो ।
उक्त निर्णयको जानकारी अनेरास्ववियुका संयोजक सोनाम मुक्तानले दिएका हुन् ।
वि.सं.२०८२ पुस १६ बुधवार २१:४४
















