साना किसान कृषि सहकारी संस्था डुमरवानाको २९औँ वार्षिक साधारण सभा तयारी पूरा
वि.सं.२०८२ पुस १८ शुक्रवार २०:३४

बारा–साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवाना, बाराको २९ औँ वार्षिक साधारण सभाको सम्पूर्ण तयारी पूरा भएको छ ।
भोली पौष १९ गते शनिबार हुने साधारण सभाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको संस्थाले जनाएको छ।
संस्थाको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार साधारण सभा विहान ९ बजे संस्थाको एकीकृत कृषि सेवा केन्द्रको प्राङ्गण, जीतपुरसिमरा–१४ मौलापुर, बारामा आयोजना गरिनेछ ।
साधारण सभामा सहभागी हुनका लागि छनोट भएका प्रतिनिधिहरूलाई पत्राचार गरिसकिएको र कुनै कारणवश पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानी अनिवार्य रूपमा उपस्थित हुन संस्थाले आग्रह गरेको छ ।
सभामा आर्थिक वर्ष ०८१÷०८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान विवरण, आगामी आर्थिक वर्ष ०८२÷०८३ को नीति तथा कार्यक्रम, अनुमानित बजेट, शेयर लाभांश वितरण, सहकारी खाद्य उद्योगको स्तरोन्नतिका लागि स्टीम प्लान्ट जडान प्रस्तावलगायत २१ बुँदे प्रस्तावहरूमा छलफल तथा निर्णय गरिनेछ ।
यसका साथै संस्था एकीकरण तथा मर्जर, अन्तर–सहकारी परियोजना सञ्चालन, कर्मचारी सेवा–सुविधा परिमार्जन, बिनियम तथा आन्तरिक नीति संशोधन, लेखा परीक्षक नियुक्ति लगायत महत्वपूर्ण विषयहरू पनि साधारण सभाको कार्यसूचीमा समावेश गरिएको छ ।
संस्थाका अध्यक्ष प्रदीप सिंह बरालका अनुसार साधारण सभालाई व्यवस्थित, पारदर्शी र सफल बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ । उनले सबै प्रतिनिधि तथा शेयर सदस्यहरूलाई समयमै उपस्थित भई साधारण सभालाई सफल बनाउन अनुरोध गरेका छन् ।
हेर्नुस् सूचना

वि.सं.२०८२ पुस १८ शुक्रवार २०:३४
















