skip this

डुमरवाना दुध उत्पादक सहकारीको ३०औं वार्षिक साधारण सभाअन्तर्गत एकाई भेला सम्पन्न

1.32K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-श्री डुमरवाना दुध उत्पादक सहकारी संस्था लिमिटेडको ३०औं वार्षिक साधारण सभा अन्तर्गत फत्तेपुर र डुमरवाना क्षेत्रका शेयर सदस्यहरूको एकाई भेला आज मिति २०८२ साल पौष १७ गते संस्थाको उद्योग परिसरमा सम्पन्न भएको छ।

शेयर सदस्यहरूको उत्साहजनक उपस्थितिका बीच सम्पन्न उक्त भेलामा कुल ५३.६ प्रतिशत शेयर सदस्यहरूको सहभागिता रहेको थियो। भेलाले अन्तिम वार्षिक साधारण सभाका लागि ४६ जना एकाई प्रतिनिधिहरू चयन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, भेलाका क्रममा शेयर सदस्यहरूबाट प्राप्त भएका सकारात्मक सुझाव तथा प्रतिक्रियाहरूलाई संकलन गरी अन्तिम साधारण सभामा पेश गर्ने निर्णयसमेत गरिएको छ।

कार्यक्रममा फत्तेपुर र डुमरवाना क्षेत्रका पशुपालनमार्फत दुग्ध उत्पादनमा सक्रिय तथा उत्कृष्ट योगदान पुर्‍याएका चार जना शेयर सदस्यहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो। सहकारी संस्थाले यस्ता कार्यक्रमले दुग्ध उत्पादनको प्रोत्साहन, सदस्यहरूबीच सहकार्य र संस्थाको समग्र विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

nijgadh-supermart-adz1200-630