निजगढको शहीदचोक सर्यो सञ्जय फोटो स्टुडियो, नयाँ ठाउँमा गरियो भव्य उद्घाटन
वि.सं.२०८२ माघ १८ आइतवार २२:०१

बारा–बारा जिल्लाको निजगढ नगरपालिका–७ मा अवस्थित सञ्जय फोटो स्टुडियोको आज भव्य रूपमा पुनः उद्घाटन गरिएको छ । आधुनिक प्रविधि र थप सेवासहित सञ्चालनमा आएको स्टुडियोले स्थानीयवासीलाई गुणस्तरीय फोटो तथा भिडियो सेवा उपलब्ध गराउने लक्ष्य लिएको सञ्चालकले बताएका छन् ।
सञ्जय साहको व्यवस्थापनमा सञ्चालनमा आएको उक्त फोटो स्टुडियोमा अत्यावश्यक पासपोर्ट साइज फोटो, कस्टमाइज्ड फोटो फ्रेम, इभेन्ट फोटो तथा भिडियो ग्राफी, करिज्मा एल्बम, फोटोकोपी तथा लेमिनेशन लगायतका सेवाहरू उपलब्ध छन् ।
‘ग्रान्ड हे ओपनिङ विथ मोर सर्भिसेस’ नाराका साथ उद्घाटन गरिएको स्टुडियोले ग्राहकको आवश्यकता अनुसार छिटो, भरपर्दो र आकर्षक सेवा दिने प्रतिबद्धता जनाएको छ ।
आधुनिक क्यामेरा, अनुभवी जनशक्ति र नयाँ डिजाइनका एल्बममार्फत विशेष कार्यक्रम, विवाह, पास्नी, बर्थडे लगायतका इभेन्टलाई स्मरणीय बनाउने उद्देश्य स्टुडियोको रहेको छ ।
स्थानीय स्तरमै सबै प्रकारका फोटो तथा भिडियो सेवा उपलब्ध भएपछि सेवाग्राहीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
वि.सं.२०८२ माघ १८ आइतवार २२:०१
















