बाराको निजगढ-७ स्थित जनज्योती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा पुन: लामा निर्विरोध
वि.सं.२०८२ माघ १८ आइतवार २२:२१

बारा-बाराको निजगढ-७ स्थित जनज्योती सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा खड्गबहादुर लामा पुन: निर्विरोध भएका छन् ।
वन समुहको शनिवार भएको साधारण सभाले लामाको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
नव निर्वाचित समितिको उपाध्यक्षमा रामकुमार सिँजाली, सचिवमा रत्नकुमारी बर्तौला, कोषाध्यक्षमा भवानी श्रेष्ठ, सहसचिवमा निर्मला आचार्य निर्वाचित भएका छन् ।
त्यसैगरि सदस्यमा मुकुन्द प्रसाद पौडेल, गोविन्द बजगाई, नारायण अधिकारी, खड्गबहादुर लामा, ललिमाया लामा, सरिता सञ्जेल, विष्णुबहादुर रायमाझि, सिर्जना नेपाली, सविता महतो, विन्दा नेपाली निर्वाचित भएका छन् ।
साधारण सभाले हरिप्रसाद पण्डितको संयोजकत्वमा लेखा समिति समेत निर्विरोध चयन गरेको छ । समितिको सदस्यमा प्रविण खड्गी र समुन्द्र नेपाल रहेका छन् ।
त्यस्तै पाँच सदस्यिय सल्लाहकार समिति चयन गरेको छ । जसमा रामजीप्रसाद बजगाई, नवराज तिमल्सिना, घनश्याम लम्साल, हरिप्रसाद अधिकारी, रोहिणि अधिकारी रहेका छन् ।
यसअघि साधारण सभाको बन्द सत्रले अध्यक्ष मोक्तानले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भवानी श्रेष्ठको आयव्याय विवरण सर्वसम्मतिमा पारित गरेको थियो ।
यसअघि साधारण सभाको निजगढ नगरपालिकाका नगर प्रमुख सुरत पुरीले उद्धाटन गर्नुभएको थियो । अध्यक्ष मोक्तानको अध्यक्षतामा भएको उद्धाटन समारोहमा नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, डिभिजन वन कार्यालय बाराका प्रमुख राजिव झा, सामुदायिक वन उपभोक्ता महासंघ, बाराका अध्यक्ष रामजी बजगाई, निजगढ नपा वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतले साधारण सभाको सफलताको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।
पूर्व उपमेयर लिलादेवी लामिछाने खनाल, सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रिय सदस्य दुर्गा कोईराला, निजगढ सव डिभिजन वन कार्यालयकी प्रमुख सर्मिला नेपाल, जनहित सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष चन्द्रिका पुलामी मगर, आदर्श सदाबहार सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
वि.सं.२०८२ माघ १८ आइतवार २२:२१

















