skip this

निजगढमा दृष्टिविहीन क्रिकेट प्रशिक्षण तथा प्रतियोगिता सम्पन्न

357 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा— बाराको निजगढ–६ स्थित क्रिकेट मैदानमा दृष्टिविहीन (नेत्रहीन) व्यक्तिहरूका लागि आयोजना गरिएको क्रिकेट प्रशिक्षण तथा प्रतियोगितात्मक कार्यक्रम सम्पन्न भएको छ।

नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशको आयोजनामा वैशाख १ गतेदेखि सुरु भएको उक्त कार्यक्रम निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नगर उप–प्रमुख सोममाया थिङ, वडा नं. ४ का वडा अध्यक्ष बिसन सापकोटा, बारा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिलबहादुर लामा, इलाका प्रहरी कार्यालय निजगढका प्रमुख जीवन लामिछाने, साथी सहकार्य युवा क्लबका अध्यक्ष विपुल लामा तथा समाजसेवी रामकृष्ण घिमिरे लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा सहभागीहरूलाई दृष्टिविहीन क्रिकेट सम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो भने प्रतियोगितात्मक खेलहरू समेत सञ्चालन गरिएको आयोजकले जनाएको छ।

मधेश प्रदेश नेत्रहीन क्रिकेट संघका अध्यक्ष महेश साहका अनुसार वैशाख ५ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने राष्ट्रियस्तरको ब्लाइन्ड क्रिकेट प्रतियोगितामा ८ वटै प्रदेशको सहभागिता रहनेछ। उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य राखिएको उनले बताए।

nijgadh-supermart-adz1200-630