skip this
ठगी र आपराधिक विश्वासघात आरोपमा ज्योति प्रकाश पाण्डे पक्राउ
स्मार्ट सेल सम्पत्ति प्रकरणमा सीआईबीको कारबाही, सीईओ नियन्त्रणमा

स्मार्ट सेल प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

स्मार्ट सेलको सम्पत्ति लिलामी विवादः सीआईबीले समात्यो बैंकका सीईओ

258 shares
oil-nigam-amlekhgunj-adv.jpeg

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार पाण्डेलाई वैशाख २९ गते राति करिब ८ बजे सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। पक्राउपछि उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ।
६३ वर्षीय पाण्डेमाथि स्मार्ट सेल को सम्पत्ति गैरकानुनी रूपमा लिलामी प्रक्रियामा संलग्न भएको आरोप लागेको छ। काठमाडौंको रक्तकाली स्थायी ठेगाना भएका तथा हाल ललितपुरको मानभवनमा बसोबास गर्दै आएका उनीविरुद्ध मुलुकी अपराध संहिताअन्तर्गत ठगी र आपराधिक विश्वासघात सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

nijgadh-supermart-adz1200-630