कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभामा उपस्थित गराउन सभामुखसँग औपचारिक रुलिङको माग गरेको छ।
सभामुख डीपी अर्यालले रुलिङभन्दा संवादमार्फत समस्या समाधान गर्नुपर्ने धारणा राखेका छन्।
कांग्रेसको माग: प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङको आग्रह
सभामुखले संवादमार्फत समाधान खोज्न सुझाव दिँदा सदन अवरुद्ध
वि.सं.२०८३ वैशाख ३० बुधवार १५:११
237
shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभामा उपस्थित भई जवाफ दिन प्रधानमन्त्री बालेन शाहलाई निर्देशन (रुलिङ) गर्न सभामुखलाई आग्रह गरेको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डीपी अर्यालसँग रुलिङको माग गरेका हुन्।
तर सभामुख अर्यालले रुलिङभन्दा संवादमार्फत समस्या समाधान गर्नु उपयुक्त हुने धारणा राखेका छन्। साथै, आजको कार्यसूचीअनुसार प्रधानमन्त्रीको उपस्थिती सम्भव नभएको र तत्काल रुलिङ गर्ने अवस्था नरहेको संकेत गरेपछि कांग्रेस सांसदहरूले उठेर सदन अवरुद्ध नै जारी राखेका छन्।
वि.सं.२०८३ वैशाख ३० बुधवार १५:११

















